मूल्यवृद्धि विरुद्ध सडकमा युवा संघ, पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन

पाेखरा | असार १०, २०७९

मूल्यवृद्धि विरुद्ध सडकमा युवा संघ, पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन


पोखरा :       पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरुको मुल्य वृद्धिको विरुद्व राष्ट्रिय युवा संघ कास्कीले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । 

 

नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ कास्कीले मूल्य वृद्धिको विरु राके जुलुस सहित पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएर एकोहोरो शंङ्ख बजाउँदै विरोध गरेको हो । 

 

विरोधमा सभामा बोल्दै राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुुरुङले मूल्य वृद्धिको विरुद्ध युवा संघले देशभर आन्दोलन सुरु गरेको भन्दै भोलि देखि युवा संघ निरन्तर सडक आन्दोलनमा उत्रने बताए । देशमा मूल्य वृद्धि गरेर सरकारले स्थानिय निर्वाचनको खर्च उठाउन लागेका समेत आरोप लगाए । 

 

अध्यक्ष गुुरुङले भने, गण्डकी प्रदेशले ६/६ महिनामा गाडीको नविकरण गर्न लगाएर जनतालाई करको भार थपेको र २० वर्ष पुरानो गाडी विना क्षतिपुर्ति हटाउन लागेको भन्दै यसको विरोध गरे । उनले भने, भोलि देखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउछौँ, टोलटोलमा झण्डा हल्लाएर हिड्ने मन्त्रीहरुलाई टोलमा नै विरोध गर्ने र  सरकारी गाडी चलाउने चालकहरुले युवा संघलाई हेरेर गाडी चलाउन सुझाव समेत दिदै भोलि देखि आन्दोलन निरन्तर गर्ने भन्दै गुुरुङले सुरक्षाकर्मीहरुले धान्न नसक्ने बताएका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्